Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बेलायती प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति चर्को आलोचना

    बेलायती प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति चर्को आलोचना

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 903
    SHARES

    एजेन्सी । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिउका छन् । उनीहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गरे ।

    सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राखेका छन् । उनले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्नेबताए ।



    सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो ।



    अहिलेको नियम अनुसार उनले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार