Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लामखुट्टेले टोकेर विमान चालकको मृत्यु

    लामखुट्टेले टोकेर विमान चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

    सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए । उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।



    उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो ।



    स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ । उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार