Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मेयर बालेन शाह र बाबुराम भट्टराई बीच भेटबार्ता

    मेयर बालेन शाह र बाबुराम भट्टराई बीच भेटबार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

    भट्टराई निवासमा पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।



    छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।



    उनले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

    काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

    भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार