Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बुढीगंगा अपडेटः चौथो वडामा पनि एमाले विजयी

    बुढीगंगा अपडेटः चौथो वडामा पनि एमाले विजयी

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 750
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् ।

    उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए । यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् । चार वटा वडा जितेको एमाले मेयर र उपमेयर दुवैमा अगाडि छ ।



    नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,४४३ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२९१ र उपमेयररीता शाहीले १,३१२ मत पाएका छन् ।



    एमाले मेयरमा १,१५१ र उपमेयरमा १,१०१ मतले अघि छ । अहिलेसम्म ३,९६२ मत गणना भएको छ । एमालेले ४ वटा वडा जित्दा १ मा कांग्रेस र ३ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार