Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मतगणना नसकिँदै बाजुराको बुढीगंगामा एमालेको जित सुनिश्चित

    मतगणना नसकिँदै बाजुराको बुढीगंगामा एमालेको जित सुनिश्चित

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 810
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का कुँवर को जित पक्का भएको हो ।

    औपचारिक घोषणा भने हुन बाँकी छ । पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् ।



    खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् ।



    उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाहीले ३ हजार ६०० मत पाएकी छन् । बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार