Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी,मेयरमा बानियाँ

    बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी,मेयरमा बानियाँ

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1K
    SHARES

    बाजुरा । बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्।

    उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन्। खातीले ३ हजार ७७४ मत प्राप्त गरे।



    यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।



    गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार