Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अवकाश हुनु अघि नै यसरी अख्तियारको फन्दामा पर्दैछन् सहरी सचिव रमेशप्रसाद सिंह

    अवकाश हुनु अघि नै यसरी अख्तियारको फन्दामा पर्दैछन् सहरी सचिव रमेशप्रसाद सिंह

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । पाँच महिनापछि अवकाश हुने सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह कमाउधन्दातिर मात्रै ब्यस्त हुने गरेका छन् । आगामी २०७९ मंसिरमा अवकाश हुने उनले मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुबाट कसरी पैसा संकलन गर्ने भनेर चलखेलमा लागेका छन् ।

    सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका जिल्लास्थित डिभिजन कार्यालयको प्रमुखमा सरुवादेखि मन्त्रालयका अन्य निकायका प्रमुखसँग पनि उनले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बुझाउनुपर्छ भनेर पैसा माग्ने गरेका छन् । सचिव सिंहले कर्मचारी सरुवामा विशेष रुची राख्ने गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतका प्रत्येक तहका कर्मचारीबाट मन्त्रीका नाममा रकम संकलन गर्न थालेका छन् ।



    कर्मचारी सरुवादेखि विभाग अन्तर्गतका विभिन्न ठेक्कापट्टामा समेत अनियमितता गरेका धेरै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव शंकरदारस बैरागीकै ध्यानाकर्षण गराएको थियो । मुख्यसचिव बैरागीले सचिव सिंहलाई सचेत समेत गराएका थिए । तर मुख्यसचिवले सचेत गराए पनि उनको खानेबानीमा सुधार हुन सकेको छैन ।



    अवकाश हुने दिन नजिकै आएकाले उनले विगतमा भन्दा पनि कमाउधन्दाका लागि नयाँ नयाँ फर्मूला प्रयोग गर्न थालेका छन् । नेकपा समाजवादी पार्टीलाई सहयोग गर्ने भन्दै सचिव सिंहले ब्यापक अनियमितता गरेका छन्, जसका बारेमा मन्त्री चौधरीले सुक्ष्म रुपमा चासो पनि देखाउन थालेका छन् ।
    आफ्ना विश्वासपात्र सहसचिव रबिन्द्र बोहरा, नवराज प्याकुरेल र रामचन्द्र दंगालमार्फत् गर्नु हुने नहुने सबै काम गराउने गरेका छन् । बोहरा भवन विभागको विश्वबैंकको सहयोगको ठूलो आयोजनाको प्रमुख छन् भने दंगाल भवन विभागका महानिर्देशक छन् ।

    प्याकुरेल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव हुन् । यी तीन सहसचिवलाई साथमा लिएर सचिव सिंहले मनपरी गर्दै आएका छन् ।

    सहरी विकास मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको र मेटमणि चौधरी मन्त्रीका रुपमा आएपछि सचिव सिंहले उक्त पार्टीका उपमहासचिव गंगालाल तुलाधरलाई प्रभावमा पारी कमाउधन्दालाई अगाडि बढाउन लागेका छन् ।

    तुलाधरसँग पोल्याण्डमा एक साता सँगै भ्रमण गरी उनीलाई प्रलोभनमा पार्न सचिव सिंह सफल भएका थिए । असारको दोस्रो साता तुलाधर र सचिव सिंह पोल्याण्डमा सँगै गएका थिए । सचिव सिंह तुलाधरसँग मिलेर सहरी विकासमा हालीमुहाली गर्न लागेका छन् ।

    पोल्याण्डको वार्तापछि तुलाधर २०७९ असार २० गते साढे १ बजे सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई भेट्न पुगेका थिए । करिब डेढ घन्टासम्म तुलाधरले सिंहलाई भेटेर सेटिङ गरेको स्रोतले बताएको छ । स्रोत भन्छ–असार २० गते तुलाधर सचिवलाई भेट्न गएको र सेटिङ गरेको सरोकारवालाहरुले सो दिनको सीसीटीभी फुटेज झिकाएर हेर्दा पनि थाहा हुन्छ ।
    सचिव सिंहले सहरी विकास मन्त्रालय र बिभाग अन्तर्गत दर्जन भन्दा बढीलाई करारमा राखेका छन् । तिनमा महिलाको संख्या बढी छ । होटल हिमालय कुपण्डोल र साम्बला होटल चक्रपथमा उनले रुम नै बुक गरी बिचौलिया र ती करारका कर्मचारीलाई बोलाएर हरेक दिन मिटिङ र सेटिङ गर्ने गरेको स्रोतले बतायो ।

    सिंहदरवारभित्र संसद भवन निर्माणको ठेक्का लिएको तुँदी कन्ष्ट्रक्सन र भैंसेपाटीमा मन्त्रीनिवास निर्माण बनाउने ठेकेदार हनुमान कन्ष्ट्रक्सन, रमण कन्ष्ट्रक्सनसँग नेकपा समाजवादीलाई बुझाउनुपर्छ भनेर रकम माग्ने गरेका छन् । साँघु साप्ताहिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार