Online Nepal
  • शनिबार, १० साउन २०८२
  • रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ।

    कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आइपीयो निष्कासन गरेको थियो। सो अवधिमा मागअनुसारको आवेदन नपरे पछि साउन १० गतेसम्म समय थप गरिएको हो ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ। कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवदेकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन्।

    आवदेकबाट २३ करोड ३ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ। आइपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार