Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विश्व बैंकले नेपाललाई खानेपानी सेवा सुधारका लागि १० अर्ब सहयोग गर्ने

    विश्व बैंकले नेपाललाई खानेपानी सेवा सुधारका लागि १० अर्ब सहयोग गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 693
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाललाई विश्व बैंकले १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।

    बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर करिब १० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो ।



    बुधबार एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।



    कार्यक्रम खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार