Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इन्ड्रस्टीमा गएको २०० खर्ब नफर्किएको एनबीएका अध्यक्षको भनाई

    इन्ड्रस्टीमा गएको २०० खर्ब नफर्किएको एनबीएका अध्यक्षको भनाई

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 876
    SHARES

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष अनिलकुमार उपाध्यायले इन्ड्रस्टीमा गएको २०० खर्ब नफर्किएको बताए ।

    बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्स संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी प्यानल डिस्कसनमा बोल्दै उपाध्यायले अब लेखा (अडिट) क्षेत्रलाई पनि समयानुकूल सुधार गर्न आवश्यक रहेको बताए ।



    बजारमा कर्जा प्रवाह हुने तर त्यसको प्रतिफल कम हुने गरेको उनले बताए ।



    ‘विगत १० वर्षलाई फर्केर हेर्ने हो भने ८ वर्ष त हामी क्राइसिसमै छौँ । कहिले नाकाबन्दी कहिले भूकम्प त कहिले कोरोना । यसपछि पनि अहिले तरलता अभावको भेस गर्दैछौँ ।यसले लगानीको वातावरण बन्न सकेको छैन । तैपनि लगानीका भनिराख्दा त्यसको प्रतिफल कति आयो भन्ने कुरा पनि हुन्छ’ ।

    अध्यक्ष उपाध्यायले भने, ‘विगत तीन वर्षमा इन्ड्रस्टीमा गएको २०० खर्ब खोइ फर्किएको रु’ यसको पनि लेखा जोखा हुनुपर्ने उपाध्यायले बताए ।

    रिक्स र रिर्टन सँगसँगै जाने भन्दै अहिलेको कठिन परिस्थितिमा व्यवसायीहरूले पनि सहजता मात्र खोज्न नहुने उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार