Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जसपाकी रेणु यादवले दिइन् पदबाट राजीनामा

    जसपाकी रेणु यादवले दिइन् पदबाट राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 810
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

    पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।



    ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु।



    तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु,’ उनले राजीनामामा भनेकी छन् ।

    यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहेकी थिइन् । नयाँ पठाइएका मन्त्री समावेशी नभएको र एक जना पनि महिला नभएकोमा उनको आपत्ति रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार