Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाउँ, सिधै पास गरौं : सांसद कर्ण

    नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाउँ, सिधै पास गरौं : सांसद कर्ण

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 789
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् ।

    विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक अल्झिएको स्मरण गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।



    सरकारले ल्याएको नयाँ नागरिकता विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल जारी छ ।



    छलफलमा भाग लिँदै सांसद कर्णले भने, ‘यसलाई फेरि समितिमा लैजाने होइन ।मान्छेलाई रुवाउने ?  फेरि ३ बर्ष अल्झाउने रु यसमा फेरि छलफल गर्ने रोक्ने यो मानवता विरेधी हुन्छ । यसकारण यसलाई यहीँ (प्रतिनिधिसभाबार्ट सिधै) पास गरौं ।’

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार