Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय, वर्ष बित्दासमेत प्रकाशन हुँदैन परीक्षाफल

    बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय, वर्ष बित्दासमेत प्रकाशन हुँदैन परीक्षाफल

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 606
    SHARES

    काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।

    प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती दोहोरिनेक्रम बढेका छन् । प्रश्नपत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिलासुस्ती तथा अनियमिततालगायत कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ ।



    त्रिविले गत १८ जेठमा लिएको मानविकी संकाय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र २३ जेठमा स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टारको इन्टरनेसनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको थियो । ६० पूर्णांकको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको होे ।



    त्रिविले हुबहु प्रश्नपत्र दोहोरिएको छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको अवस्थामा अर्को विषयको पनि प्रश्नपत्र हुबहु दोहोरियो । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाउने गरेको छ । तर, प्रश्नपत्र भने हुबहु दोहोरिने गरिएको छ । यस घटनाप्रति त्रिविको चर्को आलोचनासमेत भएको छ ।

    त्रिविअन्तर्गतकै बीबीए छैटौं सेमेस्टर नेपाली राजनीति र समाज विषयको प्रश्नपत्रमा पनि गम्भीर लापरबाही पाइयो । असार अन्तिम साता भएको परीक्षामा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्न राखेर प्रश्नावली बाँडिएपछि विवादित बन्यो ।

    त्रिविमा यो वर्ष मात्रै झन्डै डेढ सय दिन ताला लागेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीनिकट नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष कार्यालयमा ताला लगाएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार