Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिकामा मङ्कीपक्सको सङ्क्रमण बढ्दै

    अमेरिकामा मङ्कीपक्सको सङ्क्रमण बढ्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 870
    SHARES

    फाइल तस्विर

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको छ।

    क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ।



    त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ।



    अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा मंगलबारसम्म लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार