Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राजीनामा दिने तयारीमा एआईजी विश्वराज पोखरेल

    राजीनामा दिने तयारीमा एआईजी विश्वराज पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्धको पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको थियो ।

    सो फैसलासँगै उनले राजिनामा दिने तयारी गरेका हुन् । सम्भवतः पोखरेलले आइतबार राजीनामा बुझाउने स्रोतले बतायो । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए ।



    प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । एआइजी पोखरेल विदामा बसेर सरकारविरुद्ध नै मुद्धा लडिरहेका थिए । उनको विदासमेत अस्वीकृत हुँदै आएको छ ।



    उनी कार्यालयमा समेत हाजिर भएका छैनन् । विदा अस्वीकृतसँगै पोखरेल हाजिर नभएको हुँदा गृह मन्त्रालयले विभागीय कारबाही प्रक्रिया सुरु गरिसकेको स्रोतले बतायो । गृह स्रोतका अनुसार पोखरेलमाथि बर्खास्ती प्रक्रिया सुरु हुन लागेको छ ।

    तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार