Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकामा हावाहुरीले दर्जनौं घरका छाना उडायो, क्षतिको विवरण आउन बाँकी

    चौरपाटी गाउँपालिकामा हावाहुरीले दर्जनौं घरका छाना उडायो, क्षतिको विवरण आउन बाँकी

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.6K
    SHARES

    अछाम । शुक्रबार साँझ आएको पानीसहितको हावाहुरीले अछामको चौरपाटी गाउँपालिकामा दर्जनौ घरका छाना उडाएको छ ।

    पानीसहित हुरीबतास चल्दा केही घरको छाना उडाएको छ भने केही घरहरुमा क्षेति पुगेको हो । गाउँपालिकाका विभिन्न वडाहरुमा हुरीबतासले दर्जनौं घरमा क्षति पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ ।



    हावाहुरीले घरको छाना उडाएपछि केही परिवार छिमेकीको घरमा बस्ने अवस्था आएको छ । अहिले बेलुकीसम्म पनि वडा कार्यालय र अन्य सङ्घ–संस्थाले राहत सामग्री पुर्‍याउन सकेका छैनन् ।



    केही घरमा अन्नपातसमेत नष्ट भएको स्थानीयले जनाएका छन् । हावाहुरीले पुर्‍याएको क्षतिको पूरा विवरण आउन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार