Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड र भाजपाबीच दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी

    प्रचण्ड र भाजपाबीच दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 900
    SHARES

    काठमाडौं । भारतीय जनता पार्टी र नेकपा मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् ।

    भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।



    ‘दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने, ‘कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।’ दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।



    भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार