Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी नेता नारायणकाजी श्रेष्ठको आरोप- एमसीसीका विषयमा एमाले अध्यक्ष ओलीले झुटो बोले

    माओवादी नेता नारायणकाजी श्रेष्ठको आरोप- एमसीसीका विषयमा एमाले अध्यक्ष ओलीले झुटो बोले

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 750
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

    श्रेष्ठले अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताएका हुन् ।



    श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘पछिल्लो पटक क. केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।’



    ओलीले शनिबारको कार्यक्रममा अहिले संसद कमजोर भएकाले एमसीसी पारित गरेको बताएका थिए । माओवादी नेता श्रेष्ठले ओलीको उक्त भनाइको पनि खण्डन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार