Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • हैजा संक्रमितको संख्या ३१ पुग्यो

    हैजा संक्रमितको संख्या ३१ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 852
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोटको ककनीका एक युवकमा हैजा देखिएसँगै संक्रमितको संख्या संख्या ३१ पुगेको हो।



    संक्रमितमध्ये तीन जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। हैजा देखिएकामध्ये दुई जना १४ किशोरकिशोरी र ६ जना बालबालिका छन्।



    १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ। यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार