Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको सूची सार्वजनिक

    चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको सूची सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो । उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो ।



    उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिंदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जनाइएको छ ।



    मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार