Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

    वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1K
    SHARES

    एजेन्सी । इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए ।



    उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई निकै नरमाइलो लागेको बताएका छन् । ‘यो निर्णय लिन मलाई निकै गाह्रो भएको थियो । मैले मेरो टोलीसँग लामो समय बिताएको छु । इङ्ल्यान्डको जर्सी लगाएर खेल्न नै मेरो लागि खुसीको क्षण हो । मैले मेरो टिमका लागि एक दिवसीयमा यतिनै दिन्छु भन्ने लागेको थियो,’ स्टोक्सले भने ।



    उनले यो अवस्थामा आफूले खेलिराखे अर्को खेलाडीको ठाउँ ओगटे जस्तै हुने भएकाले छिटै यो निर्णयमा पुगेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार