Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालेन शाह भन्छन् – आचरण र व्यवहार परिवर्तनले मात्र पनि सहरी व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सक्छ

    बालेन शाह भन्छन् – आचरण र व्यवहार परिवर्तनले मात्र पनि सहरी व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सक्छ

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्ने बताएका छन् ।

    आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीकाविच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो औंल्याएका हुन् ।



    ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, विजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ,’ बैठकमा प्रमुख शाहको भनाइ थियो ।



    ‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिलेसम्ममा कालोपत्रे हुन्छन् ? खानेपानीको पाइप विछ्याउन सहमति माग भइआएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछरु’ बैठकमा प्रमुख शाहले, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरेका थिए ।

    त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्ममा पुनस्र्थापना हुन्छ ? भन्ने प्रश्न गरेका थिए । यसरी सोधिएका प्रश्नसँगै प्रमुख शाहले महानगरअन्तर्गत गर्नु पर्ने काम तदरुकताका साथ गरिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार