Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आजबाट काठमाडौंमा १८ वर्ष माथिकालाई बुस्टर मात्रा लगाइने

    आजबाट काठमाडौंमा १८ वर्ष माथिकालाई बुस्टर मात्रा लगाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 981
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा आज मङ्गलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।

    काठमाडौंका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।



    बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए । भोलिदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।



    ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार