Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

    स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    एजेन्सी । तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु भएको छ । केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेपछि मानिसहरुको ज्यान गइरहेको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।



    स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ । त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् ।



    यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार