Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, १०० जना उड्दै

    नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, १०० जना उड्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ ।



    विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १ विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन ४ गतेको समय दिएको छ ।



    ८ र ९ गते हुने उडानका लागि सीलिंक होलिडेबाट हवाई टिकट बुकिङ गर्न सकिने जनाइएको । त्यसका लागि ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकिएको छ ।

    इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउनेछन् ।

    विभागको इजरायल र जापान शाखाका निर्देशक श्रीचन्द्र साहले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्नका लागि जीवन बीमा गरेको हुनुपर्ने बताए । त्यसका साथै कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार