Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंका मेयर बालेन्द्र र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता, शैक्षिक गुणस्तरबारे छलफल

    काठमाडौंका मेयर बालेन्द्र र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता, शैक्षिक गुणस्तरबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 888
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा मेयर शाह र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता भएको हो ।

    भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ । शिक्षामन्त्री पौडेलले मेयर बालेन्द्रलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका छन् ।



    काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै पौडेलले अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्याथीले बुझेका छन् या छैनन्, पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्यो’ शिक्षामन्त्री पौडेलले साहलाई भने ।



    भेटमा मेयर बालेन्द्र साहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार