Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • शहरी विकासमन्त्री चौधरी भन्छन् – इन्जिनियरहरू विदेश पलायन हुनु हुँदैन

    शहरी विकासमन्त्री चौधरी भन्छन् – इन्जिनियरहरू विदेश पलायन हुनु हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् ।

    बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशिनु नहुने बताएका हुन् ।



    उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्‍न विद्यार्थीहरुलाई आग्रह गरे ।



    उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएको उल्लेख गर्दै सो जिम्मेवारी पूरा गर्न आग्रह पनि गरे । मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरु बनाउँदा इन्जिनियरहरुको ज्ञानको पनि उपयोग गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार