Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी, हेलिकप्टरमार्फत उद्वार

    डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी, हेलिकप्टरमार्फत उद्वार

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    डोटी । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।

    डोटीको सायल गाउँपालिकामा रहको प्रहरी चौकी डौडमा कार्यरत प्रहरी हवल्दार गगन सिंह धामी बिरामी भएपछि बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरिएको हो ।



    सोहि गाउँपालिका वडा नम्बर २ सिर्मा बस्ती जोखिममा रहेको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष धर्मराज जोशीसँग करिब तीन घण्टाको पैदल हिडेर धामी बस्ती अनुगमनमा गएका थिए ।



    सोही क्रममा हवल्दार धामीले एक्कासी छातीको बिच भागमा दुख्यो भनि बान्ता समेत गरेर अस्वस्थ भएका कारण सेनाको हेलिकप्टरमार्फत उद्वार गरि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार