Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साताको अन्तिम कारोबारमा २७ अंक घट्यो सेयर बजार

    साताको अन्तिम कारोबारमा २७ अंक घट्यो सेयर बजार

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 792
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ ।

    बिहीवार ६ अंक घटेर २०४४.७२ अंकमा ओर्लिएको बजार आज २७।२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो ।शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ ।



    शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो ।



    बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।

    उप(समूह तर्फ शुक्रवार १३ ओटै समूहको सेयर मूल्य घटेको छ । घट्दो बजारमा किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्याप लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार