Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सांसद चौधरीको प्रश्न – देशलाई फिजी बनाउन खोजेको हो ?

    सांसद चौधरीको प्रश्न – देशलाई फिजी बनाउन खोजेको हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 798
    SHARES

    काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् ।



    देशलाई विचलित हुने कुनैपनि किसिमको काम गर्न हुँदैन भन्ने कुरालाई मजाकको रुपमा नलिन उनले आग्रह गरिन् ।



    उनले भनिन्– ‘कसलाई खुसी पार्न, कसको कुर्सी जोगाउनका लागि हामीले यो काम गर्दैछौँ ? सम्मानित सदनमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु । कसलाई खुसी पार्नका लागि यो देशलाई फिजीतिर लगिँदैछ ? ’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार