Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो [सूचीसहित]

    वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ । मन्त्रिस्तरीय निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।

    भाडा वृद्धिपछि पनि काठमाण्डौ उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।



    १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।



    उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार