Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने गृहमन्त्री खाँणको विश्वास

    नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने गृहमन्त्री खाँणको विश्वास

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 708
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने विश्वास व्यक्त गरेका छन् ।

    आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।



    उनले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताए । गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मूल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरूले नै नागरिकता पाउने गरेर विधेयक ल्याएको बताए ।



    उनले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आउँदा दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताए । गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अङ्गीकृतका लागि सबैले सहमति गरेर नागरिकताविहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार