Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नागरिकता विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

    नागरिकता विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 891
    SHARES

    लन्डन । प्रतिनिधि सभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो विधेयक पारित गरेको थियो ।

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । संघले स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने, “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्तासमेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।”



    संघका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । “हामी गैरआवासीय नेपाली (एनआरएन) हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपाली एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उनले भनिन् ।



    उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार