Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इरानमा फेरि दिन थालियो सार्वजनिक मृत्युदण्ड

    इरानमा फेरि दिन थालियो सार्वजनिक मृत्युदण्ड

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 846
    SHARES

    एजेन्सी। इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

    इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ ।



    दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुअरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वे स्थित उक्त अधिकार समूहले जनाएको हो ।



    इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार