Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ७५ देशमा पुग्यो मंकीपक्स, विश्व स्वास्थ्य आपतकाल घोषणा

    ७५ देशमा पुग्यो मंकीपक्स, विश्व स्वास्थ्य आपतकाल घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

    डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकीपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्। महानिर्देशक गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए ।



    महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स संक्रमण देखिएको हो ।



    उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार