Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सोमबार ५४ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    सोमबार ५४ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 675
    SHARES

    काठमाडौं । सोमबार पनि सेयर बजारमा चमक देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।

    उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।



    सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।



    यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार