Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ पुरानो भन्सार रोडमा पैदल हिँडिरहेका एक जना यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।



    मृत्यु हुनेमा धनगढीको नम्बर २ बस्ने ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । प्रहरीका अनुसार वडानम्बर ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो।



    घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई पक्राउ गरिएको छ । घटनाबार ेथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार