Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तालिबानको आग्रह – अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनू

    तालिबानको आग्रह – अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनू

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

    तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए।



    तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो।



    वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए। भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार