Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसईई नतिजा भोलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा [सूचनासहित]

    एसईई नतिजा भोलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा [सूचनासहित]

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ ।

    परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ ।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एकरदुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ ।



    यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।

    परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np  मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार