Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सूचना उपलब्ध नगराउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

    सूचना उपलब्ध नगराउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 711
    SHARES

    काठमाडौं । सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना तिराइएको छ ।

    राष्ट्रिय सूचना आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो ।



    रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत आयोगले जोशीलाई कारबाही गरेको हो ।



    पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश दिँदा पनि सूचना उपलब्ध नगराएपछि कारबाही गरिएको सूचना आयुक्त कमला ओली थापाले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार