Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम साउँद र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

    चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम साउँद र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.6K
    SHARES

    कैलाली । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदसहितको टोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । मंगलबार अध्यक्ष साउँदसहितको टोली गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा पुनः स्थापना लगायतका माग सहित बालुवाटार पुगेको हो ।

    २०५२ सालदेखि २०६३ सालसम्म चलेको सशस्त्र द्धन्द्धका कारण बन्द भएको बैंक पुनःस्थापना गर्न गाउँपालिकाका अध्यक्ष साउँदले पहल थालेका छन् । सोही अनुसार मंगलबार उनले प्रधानमन्त्री देउवासँग भेट गरेको बताइएको छ । प्रधानमन्त्री देउवाले तत्काल बैंक पुनःस्थापना गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।



    यस्तै भेटमा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युत, सञ्चार लगायतका समस्याका विषयमा पनि छलफल भएको थियो ।



    भेटवार्ता कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का, महासमिती सदस्य भगवती खनाल, पूर्व जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर, क्षेत्रिय सदस्य टेक बहादुर पार्की र चौरपाटी गाउँपालिका वडा नं ५ का अध्यक्ष हिउँकर्ण खड्काको सहभागिता रहेको थियो । यस्तै सोही टोलीले सोमबार नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक लोकेन्द्र बहादुर साउँदसँग पनि भेटवार्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार