Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दाइ र भाउजूले नै ५०-५० हजार सुपारी दिएर गराए भाइबुहारीको हत्या

    दाइ र भाउजूले नै ५०-५० हजार सुपारी दिएर गराए भाइबुहारीको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.4K
    SHARES

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी पत्नी अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको हो ।

    दाइभाउजुले सहोदर भाइबुहारीलाई भारतीय कन्ट्याक्ट किलर झिकाएर हत्या गरेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।उनीहरुको हत्या गर्न भारतबाट दुई जनालाई ५०/५० हजार रुपैयाँ दिएर बोलाइएको थियो । सोमवार राति ११–१२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ ।



    भाइ र बुहारीको हत्या गर्न विजयले २ जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोका लगायतको भिडियो बनाएर दिएका थिए । २ जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ ।



    बाँकेका प्रहरी प्रमुख अधिकारी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ललगायतको टोलीले घटनाबारे जानकारी पाए लगत्तै घटनास्थल पुगेर सुक्ष्म अध्ययन गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्रकार सम्मेलन गरेर हत्याका अभियुक्त दाजु भाउजुलाई सार्वजनिक गरेको थियो । घटनास्थलमा गोलीको खोका समेत फेला परेको छ । दुवै दाइ र भाउजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार