Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

    एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 906
    SHARES

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज सार्वजनिक हुँदै छ ।

    मंगलबार बसेको परीक्षा राष्ट्रिय परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो । नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।



    गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।

    नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np  मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार