Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी, आजै नतिजा आउने

    राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी, आजै नतिजा आउने

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ ।

    यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो ।



    साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।



    त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार