Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पशुपति क्षेत्रमा रुद्राक्षका विरुवा रोपिए

    समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना छ : बालेन शाह

    समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना छ : बालेन शाह

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका बिरुवा रोपिएका छन् ।

    आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा बिरुवा रोपेका हुन् ।



    बर्खायाममा निरन्तर बिरुवा रोप्ने गरी आज सांकेतिक रुपमा मन्दिरको मुख्य प्रवेशद्वारको अगाडि पश्चिम उत्तरतर्फ बिरुवा रोपिएका हुन् ।



    बिरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले, पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका वनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताए ।

    यसैगरी महानगरका प्रमुख शाहले, समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे।
    काठमाडौँ महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका बिरुवा रोप्ने योजना बनेको हो ।

    त्यस क्रममा खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो । पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा बिरुवा पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार