Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको हानथाप

    ‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको हानथाप

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 942
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ।

    रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन्। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन्।



    सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन्।



    रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन् । पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार