Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एमालेले चुनाव जिते संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्छ : मन्त्री चौधरी

    एमालेले चुनाव जिते संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्छ : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.3K
    SHARES

    झापा । सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको आरोप लगाएका छन् ।

    पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताए ।



    निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए ।

    दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु परेको पनि उनले प्रष्ट पारे । आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार