Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इरानमा बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ बेपत्ता

    इरानमा बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।

    पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको हो ।



    बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको रेड क्रेसेन्टको विज्ञप्तिमा उल्लेख छ ।



    इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार