Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु

    स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 912
    SHARES

    फाइल तस्विर

    एजेन्सी । स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि भएको छ।

    स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंंकीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो। मंकीपक्सका कारण पहिलो मृत्यु भएको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो।



    मन्त्रालयले भनेको छ, ‘कूल तीन हजार ७५० मा मंकीपक्स संक्रमणको शंका गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ।’



    मृतकमध्ये ‘दुई युवकहरू रहेको र दुवै मृत्युका बारेमा थप अध्ययन भइरहेको जनाइएको छ।

    स्पेनी स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मंकीपक्सको संक्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ। मंकीपक्स संक्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार