Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत भेटिए

    काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत भेटिए

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

     

    काठमाडौं । काठमाडौंको तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्।



    तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको हो । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेत मृत फेला परेको छन्।



    तर, उनीहरुको पहिचान भने खुलेको छैन । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।

    ४ जनाको शव फेला परेको तर हत्या वा अन्य भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार